माघे संक्रान्ति: स्वास्थ्यलाई फाइदा गर्छ तीलकाे लड्डुले

माघ संक्रान्तिलाई नेपालका विभिन्न समुदायमा आआफ्नै ढङ्गमा मनाईन्छ । खासगरी थारु र मगर समुदायले साँस्कृतिक रुपमा यो चाडलाई विशेष महत्व दिएको पाइन्छ । थारु समुदायले माघी पर्वको नाउँमा माघे संक्रान्ति मनाउने चलन छ ।
माघ संक्रान्तिको दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछ । त्यसैले यो दिनलाई ‘मकर संक्रान्ति’ पनि भनिन्छ । माघ १ गतेदेखि सूर्य दक्षिणी गोलार्द्धबाट क्रमशः उत्तरतर्फ गोलार्द्धतर्फ सर्दै जाने र दिन लामो, रात छोटो हुँदै जान्छ ।
यो चाड मनाउने क्रममा आआफ्नो संस्कृति अनुसार विभिन्न परिकार खाने र नदी तथा जलाशयहरुमा स्नान गर्ने चलन छ । घिउ, चाकु, तिलको लड्डु, तरुल, खिचडी आदि यो पर्वमा खाइने विशेष परिकार हुन् । माघे संक्रान्ति जाडो याममा पर्ने भएकाले खासगरी शरीरको तापक्रम बढाउने र शक्ति दिने खानेकुरा खाइन्छ । तिलको लड्डु यो चाडसँग जोडिएको एक लोकप्रिय परिकार हो ।
तिलको लड्डु
माघ संक्रान्तिमा खाइने विशेष परिकारमध्ये तिलको लड्डु एक हो । यो लड्डु तिल र गुडको मिश्रणबाट तयार गरिन्छ । संक्रान्ति पूजामा प्रसादका रुपमा समेत चढाइने यो परिकार स्वादिलोमात्रै नभएर स्वस्थकर समेत हुन्छ ।
कसरी बनाउने ?
- तिललाई रातो-रातो हुनेगरी भुट्ने
- पानीमा उमालेर गुँडको बाक्लो घोल बनाउने
- गुँडको घोल गाढा रंगको हुनेगरी पकाउने
- सो घोलमा अलैंचीको धुलो र भुटेको तिल मिसाएर राम्रोसँग मोल्ने
- उक्त मिसावटमा घिउ हाल्ने र इच्छाअनुसार साना साना डल्ला बनाउने
तिलको लड्डुमा प्रोटिन, क्याल्सियम, भिटामिन बी कम्प्लेक्स र कार्बोहाइड्रेट पाइन्छ । यी तत्त्वले शरीरको तापक्रम सन्तुलन गर्न मदत गर्छन् । त्यसैगरी हड्डी स्वस्थ राख्न र तौल कन्ट्रोल गर्नसमेत सहयोग पुग्दछ । तिलको लड्डु मानसिक र शारीरिक स्वास्थको दृष्टिले निकै लाभदायक मानिन्छ ।
तिलको लड्डु छिट्टै बिग्रँदैन । यसलाई एक महिनासम्म राखेर उपभोग गर्न सकिन्छ ।
क्याटेगोरी : चाडपर्व विशेष, मुख्य समाचार, समाज, स्वास्थ्य शैली
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस