पुल भत्किएपछि आवतजावतमा समस्या
केही दिनअघि वर्षापछि आएको बाढीले तनहुँको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने पुल भत्किएको छ । पुल भत्किएपछि यहाँका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
दुई वडा जोड्ने म्याग्दे खोलामाथि निर्माण गरिएको पुल बाढीका कारण भत्किएको म्याग्दे –७ का बासिन्दा एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दे गाउँ कमिटीका अध्यक्ष डिलबहादुर नेपालीले जानकारी दिनुभयो । “म्याग्दे खोलामा आएको बाढीले पुलको आधाभन्दा बढी भाग भत्किएको छ, पुलसँगै जोडिएको सडकमा पनि क्षति पुगेको छ”, नेपालीले भन्नुभयो, “पुल भत्किएसँगै स्थानीयवासीलाई खोला वारपार गर्न समस्या भएको छ ।”
तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समिति र स्थानीयवासीको श्रमदानमा रु १३ लाखको लागतमा उक्त पुल निर्माण गरिएको थियो । पुल भत्किएसँगै यहाँ सवारी साधन सञ्चालन बन्द गरिएको तथा मानिस वारपार गर्नका लागि बाँसको फट्ट राखिएको छ । “तत्कालका लागि मान्छे हिँड्न मिल्ने गरी वैकल्पिक व्यवस्थापन त गरिएको छ तर यहाँ पुनः पुल निर्माण गर्नुपर्छ”, नेपालीले भन्नुभयो ।
म्याग्देका अध्यक्ष मायादेवी रानाले तत्कालका लागि गाउँपालिकाले वैकल्पिक व्यवस्थापन गर्ने जानकारी दिनुभयो । “मानिस वारपार गर्नका लागि वैकल्पिक रुपमा केही व्यवस्थापन गाउँपालिकाले गर्छ, पुल निर्माणका लागि भने प्रदेश सरकारसँग अनुरोध गर्छाँँैँ”, रानाले भन्नुभयो । यसै क्षेत्रबाट गण्डकी प्रदेशसभामा निर्वाचित सदस्य आशा कोइरालाले भत्किएको पुल पुनःनिर्माणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइने बताउनुभयो ।
बाढीपहिराका कारण गाउँपालिकाका धेरै ठाउँमा सडक, पुल, कजवे, घरलगायत भत्किएका छन् । बाढीपहिराले भत्किएका संरचनाको यकिन तथ्याङ्क सङ्कलनको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । “हालसम्म ७१ घर पूर्णरुपमा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ, सात वटै वडामा भएका क्षतिका विवरण वडा कार्यालयमार्फत सङ्कलन गरिरहेका छौँ”, उहाँले भन्नुभयो । नागिलाका अनुसार पहिराका कारण थुप्रै घर पनि जोखिममा छन् ।
file photo
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस