राथो मच्छेन्द्रनाथको रथारोहन फेरि स्थगित
साउन ८, २०७७
कोरोनाको बढ्दो संक्रमणका कारण तीन महीनादेखि रोकिएको रातो मच्छेन्द्रनाथको रथारोहन फेरि स्थागित भएको छ । लकडाउन खुकुलो भएसँगै साउन १० अर्थात् नागपञ्चमीको दिनमा रथारोहन गर्ने निणर्य गरेको गुठी संस्थान कार्यालय ललितपुरले जनाएको छ ।
‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ । बैशाख कृष्ण पक्षको प्रतिपदादेखि शुरु हुने यो जात्रा कोरोना संक्रमण फैलिदै गएपछि रोकिएकोमा यसअघि २०७२ को भूकम्पको वेला पनि तोकिएको मितिमा हुन सकेकोे थिएन ।
गत शनिवार नागपञ्चमीमा रथयात्रा गर्ने निणर्य भएपनि सरकारले बुधवारदेखि लकडाउन अन्त्य गरेपनि सभा सम्मेलन गर्न नपाउने निणर्य गरेको छ । उक्त निणर्यपछि गुठीले बुधवार रथयात्रा पुनः स्थगित गरेकोमा अब कहिले रथयात्रा गर्ने भन्ने निणर्य आन्तरिक छलफल पछि गर्ने कार्यालयले बताएको छ ।
क्याटेगोरी : चाडपर्व विशेष, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस