• जीवनशैली | Jiwanshaili
  • तिहारका पाँच दिन यमपञ्चक


    तिहार हरेक वर्ष कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन मनाईने गरिन्छ । तिहारको पहीलोदिन काग तिहार बाट सुरु गरी पाँचौ दिनमा तिहार मनाइने गरीन्छ । हिन्दु धर्म अनुसार सुर्यको छोरा यमराजले आफ्नी बहीनी यमुनाको निम्तो स्वीकार गरी बहिनीको घरमा गएर पाँच दिन सम्म बसेकाले तिहारका पाँच दिनलाई यमपञ्चक भनिएको हो ।बहिनी यमुनाले हरेक वर्ष कृष्णपक्ष त्रयोदशीका दिन दाइ बहिनी भेटेर माया साटासाट गर्नु पर्ने बरदान मागेर दाई यमराज लाई बिदा गरेपछि यो चाडलाई दिदीभाइको महान चाडको रुपमा लिइएको हो ।

    तिहारका यी पाँच दिनहरु-

    काग तिहार
    कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पुजा गरी काग तिहार मनाइन्छ । कागलाई चलाख पंछीको रुपमा लिइन्छ र यस्ले सबैलाइ समान रुपमा हेर्ने गर्दछ । कागलाई यमराजको सन्देश सुनाउने दुईका रुपमा पनि लिने गरीन्छ ।

    कुकुर तिहार
    कार्तिक कृष्ण चर्तुदशीका दिन कुकुरलाई मीठो खाने कुरा दिएर पुजा गर्ने गरीन्छ, कुकुरलाई पनि यमराजको दुईका रुपमा लिने गरिन्छ ।

    लक्ष्मी पुजा,गाई तिहार
    कार्तिक कृष्ण चतुर्दशीका दिन माना गरीन्छ । हिँदु धर्म अनुसार कुनै पनि धार्मिक काम गर्नु भन्दा पहिले गाईको गोबरले घर आगन लिपपोत गर्ने गरीन्छ साथै गाइको गउँतलाई छर्ने पछि घर पवित्र हुने मान्यता रहेको छ । गाईलाई पशुदानका रुपमा लिनुका साथै गौमाता वा लक्ष्मीको रुपमा लिने गरन्छि । लक्ष्मीलाई सम्पतीको देवीका रुपमा पनि लिने गरीन्छ । कार्तिक कृष्ण औशीलाइ अध्यारो रात मानिन्छ र सोही रात देखी देउसी भैलो खेल्दै रमाइलो गने गरीन्छ ।

    गोवर्धन पुजा,गोरु तिहार
    कार्तिक कृष्ण औंसीका दिन मनाइने यो दिनमा हिन्दुहरुको घरघरमा गोबरले गोवर्धन पर्वतको मूर्ति बनाई पुजा गर्ने गर्दछन । गुरुहरुलाई फुलको माला लगाई गोरुको पनि पुजा गर्ने गर्दछन् ।

    भाई टिका
    विशेष उत्साहका साथ भाई टिका मानाईन्छ । दिदीले भाइलाई,बहिनीले दाइलाई विशेष मान सम्मानका साथ विधिपूर्वक फुलको माला लगाई मीठो खाने पुरा खुवाएर आश्रीवात संगै माया साटासाट गरी भाईटीका मनाईने गरीन्छ ।


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस