वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी

नेपालीहरूकाे महान पर्व वडा दशैँ अन्तरगत आज पनि टिका थाप्ने कम्र पनि जारी छ । दशैको टीकाको भोलीपल्टपर्ने यो एकादशीको पनि आफ्नो विशेष महत्व छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि ठ्याक्कैपर्ने यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीकारुपमा प्रख्यात छ । पर घर भएका आफन्त, छोरीचेली अनि ढिलो आउने मान्छेहरुलाई आजवाट कोजाग्रत पूर्णिमा सम्म दशैको टीका र जमरा लगाइदिने चलन धेरै ठाँउमा छ, आजको दिन पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ ।
नेपालका कतिपय ठाँउहरुमा दशमीको दिन टीको थाप्न आउन नभ्याउने , पर घर भएका चेलीवेटी र करकुटुम्बका लागि एकादशी देखि कोजाग्रत पूर्णिमामा को फुलपाती नसेलाउन्जेल सम्म टीको लगाउने चलन छ ।
सार्वजनिक सवारी र बाटाघाटामा घुईँचो छ, बटुवाहरु अधिकांशको निधारमा टीकको रंग कुनै न कुनै हिसाबले देखिएको छ । नयाँ कपडामा कहिँकतै राता छापहरु बसेका हुनसक्छन्, टीका ले गर्दा । नयाँ कडककडिया नोटहरुले बजार छपक्कै पारेको छ, बुढाबुढीको हात टीकोको लेपले रातो छ भनें केटाकेटीको हृदय दक्षिणा गन्दै फरर भएको छ ।
आखिर यसै उसै गर्दै यस बर्षको दशैं ले पनि त बिट मार्न आँटेको छ ।
क्याटेगोरी : चाडपर्व विशेष, ताजा अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस