• जीवनशैली | Jiwanshaili
  • निजी विद्यालयको अनलाइन कक्षा आजदेखि फेरि शुरु



    साउन ८, २०७७

    निजी विद्यालयले आजदेखि फेरि अनलाइन कक्षा शुरू गरेका छन् । प्याब्सन र नेशनल प्याब्सअन्तर्गतका देशभरका निजी विद्यालयबाट आजदेखि पुनः अनलाइन कक्षा शुरु भएको हो ।
    शुल्क नलिई कक्षा सञ्चालन गरेकोमा लकडाउनका वेला सरकारले सहुलियत नदिएका भन्दै निजी विद्यालयले साउन १ गतेदेखि अनलाइ कक्षा बन्द गरेका थिए ।

    सरकारले राहत उपलब्ध नगराएपनि विद्यार्थीको भविष्यलाई ध्यानमा राखी कक्षा फेरि शुरु गरिएको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए । ‘अब शुल्क तिर्न सक्ने विद्यार्थीबाट शुल्क लिइनेछ तर लकडाउनका वेला रोजगारी गुमाएका र व्यवसायमा क्षति पुगेका अभिभावकलाई अहिले प्रेशर दिन्नौं,’ उनले भने ।


    निजी विद्यालयका प्रतिनिधिहरूले असार दोस्रो साता शिक्षामन्त्री गिरिराज पोखरेललाई भेटी राहतको माग गरेका थिए । तेस्रो साता मन्त्रालयमा निजी विद्यालयका प्रतिनिधि र सरकारबीच भएको छलफलमा सरकारले आवश्यक राहत उपलब्ध गराउने आश्वासन दिएको थियो ।


    क्याटेगोरी : खोज/विशेष, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार