राजमार्ग खुलाउन दुई दिन लाग्ने
यही साउन ४ गतेदेखि परेको वर्षापछिको बाढी र पहिराले अवरुद्ध राजमार्ग अझै खुल्न सकेको छैन । यही साउन ५ गते को धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलास्थित सडकलाई खोलाले भत्काएपछि काठमाडौँ जाने एकमात्र राजमार्ग बन्द भएको थियो ।
पृथ्वीराजमार्गको मुग्लिनदेखि नौबिसेसम्मको क्षेत्रमा करिब १०० स्थानमा पहिराले राजमार्ग बन्द भएको छ भने पहिराका कारण जताततै सडकसमेत भत्किएको छ । सडकमा थुप्रिएको पहिरो डोजरको सहायताले सफा गरिँदै गरेको छ ।
प्रहरीले सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रहसमेत गरिरहेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो । मौवा खोलामा सडक भत्काएको खोलामा ग्याभिन जाली लगाएर खोलालाई नियन्त्रण गर्ने काम भइरहेको छ । नेपाली सेना र प्रहरीले संयुक्तरुपमा पर्खाल लगाउने काम गरिरहेको र केही दिनपछि मात्र निर्माण पूरा गरेर राजमार्ग सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस