फेसबुक ह्याक गरी ठगी गर्ने एक पक्राउ
१२ साउन २०७७
फेसबुक ह्याक गरी आफन्तसँग आफू समस्यामा परेको भन्दै रू. ७५ हजार ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरी सुनसरी दुहबीबाट २३ वर्षीय सविर आलमलाई पक्राउ गरेको हो।
उनले अर्काको फेसबुक ह्याक गरी आफन्तहरूसँग आफू समस्यामा परेको भन्दै खातामा जम्मा गर्न लगाइ विभिन्न व्यक्तिलाई ठगी गरेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए । महाशाखामा १० दिन अघि ५० लाख र २५ लाख ठगी भएको उजुरी आएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । उनीविरूद्ध अन्य ठगीका मुद्दामा पनि उजुरी परेको एसएसपी थापाले बताए।
महाशाखाले यसअघि चिठ्ठा पर्यो भनी अनलाइमार्फत ठगी गर्ने ९ जनालाई पक्राउ गरेको थियो । उक्त ठगीमा पनि पक्राउ युवकको संलग्नता देखिएको प्रहरीले बताएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ।
क्याटेगोरी : खोज/विशेष, प्रविधी शैली, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस