• जीवनशैली | Jiwanshaili
  • करेन्ट लागेर मृत्यु


    तनहुँको व्यास नगरपालिका–१२ पामर्दीमा करेन्ट लागेर आज साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २६ वर्षीय राजेन्द्र कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    खोलाबाट घरमा मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएका कँडेलको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।


    क्याटेगोरी : खोज/विशेष, समाचार

    प्रतिक्रिया दिनुहोस


    थप समाचार