पूर्व-पश्चिम रेलमार्गका लागि बोलपत्र आह्वान
१३ साउन २०७७
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले पूर्व-पश्चिम रेलमार्ग निर्माणका लागि काँकडभिट्टा-इनरुवा खण्डको रेलमार्ग निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) सम्पन्न गरेपछि विभागले रेलमार्ग निर्माणका लागि बोलपत्रको नयाँ चरणमा प्रवेश गरेको हो ।
पूर्व-पश्चिम रेलमार्ग विभिन्न ९ वटा खण्डमा निर्माण हुँदैछ। सोहीअन्तर्गत पहिलो खण्ड काँकडभिट्टा-इनरुवा खण्डमा लिक निर्माणपूर्वको ट्र्याकबेड निर्माणको काम अघि बढाउन लागिएको विभागले बताएको छ । कूल १०६ किलोमिटर रहेको यस खण्डको निर्माणका लागि विभागले ५४ वटा बोलपत्र आह्वान गरेको विभागका महानिर्देशक बलराम मिश्रले बताए ।
बोलपत्र आह्वान गरेपनि जग्गा अधिग्रहण र मुअब्जा वितरणको काम भने सकिएको छैन । सो क्षेत्रमा जग्गा अधिग्रहण गरी मुअब्जा वितरणको काम अन्तिम चरणमा पुगेको मिश्रले बताए । काम अघि बढाउन कुनै समस्या नभएको बताउँदै उनले यस लगत्तै ट््रयाकबेड निर्माणको काम शुरु हुने जानकारी दिए ।
क्याटेगोरी : खोज/विशेष, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस