बागलुङमा पहिरो, तीन बालबालिकाको मृत्यु
बागलुङमा पहिरोमा परि तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा गएको पहिरोमा परि ३ जना बालबालिकाको मृत्यु भएको हो ।
मंगलबार बिहान ३ बजेतिर खसेको पहिरोले तमानखोला गाउँपालिका वडा नम्बर २ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षीया छोरी रीता र १३ वर्षीय छोरा खिमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । दुई बालबालिकासँगै सुतेकी आमा ३४ वर्षीय होमकुमारी विक भने घाइते भएकी छिन् ।
त्यस्तै सोमबार राति निसीखोला गाउँपालिका वडा नम्बर १ मा एक कमल परियारको घर पुरिँदा ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ । छोरी र श्रीमतीले भागेर ज्यान बचाएका छन् ।
file photo
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस