• जीवनशैली | Jiwanshaili
  • फरार कैदी पक्राउ


    मकवानपुर, १८ साउन  /भीमफेदी कारागारबाट केही महिनाअघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । आज पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले २५ वर्षीय उनलाई सार्वजनिक गरेको छ ।

    धामी चितवन बस्ने २१ वर्षीय रोजीन गुरुङको हत्या गरेको अभियोगमा २० वर्ष जन्मकैद भोगिरहेका थिए । सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने उनी विसं २०७६ कात्तिक ३० गते कारागारबाट भागी फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुरबाट चितवन आउँदै गरेको सूचनाका आधारमा निजलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताउनुभयो । उनलाई आजै कारागार पठाइने जनाइएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस