मैमत्त महानगर -मकै पोल्ने ठेलागाडामाथि नगर प्रहरीको अत्याचार
लकडाउनका कारण तीन महिनादेखि हातमुख जोड्न निक्कै गारो भइरहेको थियो । मकै पोलेर परिवार पाल्दै आएका गोविन्द कार्कीलाई झन् अर्को विपत आइपर्यो जब काडमाडौं महानगरपालिकाका नगरप्रहरीले अपराधी झैं घेरा हालेर उनको ठेलागाडा जफत गर्यो ।
कार्की भन्छन्, ‘गाडामात्र होइन पोल्न ठिक्क पारेको मकैसमेत जफत गर्यो ।’
समय बिहानको सात बजेको थियो । काठमाण्डौको म्हैपी मन्दिर परिसर कुनै ठुलै अपराधीलाई अप्रशेनमार्फत समात्न आएजसरी प्रहरीले उनलाई समाते । एकातिरबाट महानगर प्रहरीको भ्यान थियो अर्कोतर्फ जफत गरीएको समान राख्ने महानगरपालिकाकै गाडी ।
प्रहरीहरू ‘ए समात समात, नछोड’ भन्दै थिए । कुनै सिनेमाको दृष्यजस्तो । दुईतर्फबाट घेरा हालेर मकै बच्दै गरेका गोविन्दको सहकारीबाट किस्तामा ल्याएको गाडा र साउसंग ऋण ल्याएको एक बोरा मकै जफत भयो ।
घेरा हालेर समातेपछि प्रहरीहरू पनि दंग देखिए । उनी भन्छन्, ‘लाख बिन्ती गरें, मेरो परिवारको विचल्ली हुन्छ भनें तर उनीहरूले छाडेनन् ।’
तीन महिना भयो उनले कोठा भाडा तिर्न सकेका छैनन् । ‘कोठामा श्रीमती बुढाले केहि कमाएर ल्याउँछ कि भनेर कुरिरहेकी छिन्’ कार्की भन्छन् ‘छोराछोरी पनि आज केहि मिठो खान पाइने आशमा बसिरहेका हुन्छन् । म के गरूँ ?’
तीन महिना भइसकेको थियो उनले राम्रोसंग खाना खान नपाएको । बल्लतल्ल लकडाउन खुल्दा अब त काम गरेर केहि मिठो खान पाइन्छ कि भनेर सोचेका कार्कीको सपना चकानाचुर भयो ।
यता महानगर प्रहरीप्रमुख धनपति सापकोटा भने बिहान ८ बजे सम्म स्थानीय निकायको समन्वयमा फुटपाथमा पसल सञ्चालन गर्न अनुमति दिएको बताउँछन् । तर गोविन्द भने बिहान सातै बजे जबर्जस्ती गाढा नियन्त्रणमा लिएको बताउँछन् । हरेक वर्ष महानगरपालिकाले ३० लाख बराबरको सडक व्यापारका सामग्री लिलामी गरी आम्दानी गर्ने गरेको नगर प्रहरी उपरीक्षक सापकोटा भन्छन् ।
गोविन्द कार्कीकै शब्दमा उनको जीवन–दैनिकी
हरेक दिन बिहान तीन बजे उठेर गाडा ठेल्दै बालाजुबाट कालीमाटीसम्म गएर केही मकै ल्याउँछु । एक घोगा मकैको १२ देखि १५ रुपैँया तिरेर ल्याउँछु । दाउरा पनि उत्तिकै महंगो, बल्लबल्ल ल्याएको पनि लकडाउनका कारण मनिसहरू सडकमा हत्तपत्त मकै खानै हिचकिचाउँछन् ।
बिस रुपैयाँमा बेच्न पनि धौधौ छ । १२ रुपैँया हालेर ल्याएको मकै कहिलेकाँही त १०० रुपैँयामै १० घोगा बेचेर आउने गर्छु । एक घोगामा ५ रुपैयाँ नाफा खान सकिन्न, दिनमा ३० घोगा पनि बिक्दैन । सरकारले लकडाउनमा ५ किलो चामल लिन पनि निक्कै ठुलो सकस छ । घरबेटीले भाडा तिर्न नसके निक्लेर जाऊ भनेका छन् ।
सहकारीवाला ऋण तिर भनेर ताकेता गरिरहेका छन् । केटाकेटी बाबा आज त चामलको भात खान पाइन्छ भनेर भनिरहेका छन् । श्रीमती साउन लाग्यो १ दर्जन चुरा लगाउन पाए हुन्थ्यो नि भनेर सुनाउँछिन् । रासनवालाकै उधोरो १५ हजार पुगिसकेको छ । अब पुरानो नतिरी नयाँ दिन सक्दिन भनिसकेका छन् । अब त लकडाउन खुल्यो केहि गरी खान सकिएला कि भनेको फेरि कहिल्यै उठ्न नसक्ने गरी थला पारिदियो । के हामी अपराधी हौं ? हामी मानव होइनौं ? हात मुख जोड्न हामीले पाउँदैनौं ?
०००
क्याटेगोरी : फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस