डुङ्गा डुब्दा बङ्लादेशमा कम्तीमा १७ को मृत्यु
ढाका- बङ्लादेशमा बुधबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १७ यात्रुको मृत्यु भएको छ । देशको राजधानी ढाकादेखि १५८ किलोमिटर टाढा पर्ने नेट्रोकोना जिल्लामा भएको दुर्घटनामा परी एक जना अझै बेपत्ता रहेका छन् । “दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव हामीले ल्याएका छौँ, अर्का एक जनाको खोजी भइरहेको छ,” जिल्लाका एक जना प्रहरी प्रमुख एकेएम मोनिरुल इस्लामले भने ।
उनले खराब मौसमका कारण बुधबार मध्याह्नको समयमा डुङ्गा दुर्घटना भएको पनि सञ्चारकर्मीलाई जानकारी दिए । दुर्घटनामा परेको डुङ्गामा ४८ जना यात्रु रहेका थिए । तीमध्ये ३० जना यात्रु पौडिएर बाँच्न सफल भएको उनले बताए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस