• जीवनशैली | Jiwanshaili
  • कोरोना बारे झुटो जानकारी दिएको भन्दै फेसबुकले हटायो ट्रम्पको पोष्ट


    एजेन्सी- फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट हटाइदिएको छ। कोरोना बारे गलत दाबी गरिएको भन्दै फेसबुकले सो पोष्ट हटाएको हो। सो पोष्ट राष्ट्रपति ट्रम्पले फक्स न्युजसँग गरेको एक अन्तर्वार्ताको भिडियो क्लिप रहेको थियो।

    ट्रम्पले सो अन्तर्वार्ताका क्रममा स्कुल खोल्नु पर्ने बताउदै बालबालिकाको कोरोान भन्दा इम्युन सिस्टम बलियो हुन्छ भनेका थिए। यो रोगले उनीहरुको रोगप्रतिरोधक क्षमता झन् बलियो हुने बताएका थिए। उनले बालबालिकालाई कुनै समस्या नहुने भन्दै स्कुल खोल्नु पर्ने आफ्नो विचार रहेको बताएका थिए।

    फेसबुकक प्रवक्ता एन्डी स्टोनले एक विज्ञप्ति जारी गर्दै भिडियोमा केहि उमेर समूह कोरोनाबाट इम्युन हुने गलत दाबी गरिएको पाइएकोले सो भिडियो फेसबुकको नीति विपरित भएको भन्दै हटाइएको उल्लेख गरेको छ।

    यस प्रकरणमा ट्रम्प क्याम्पेनकी प्रवक्ता कर्टनी परेल्लाले सिलकन भ्याली राष्ट्रपतिको विरुद्धमा लागेको बताउदै सामाजिक कम्पनीहरु सत्यको पछाडी नरहेको बताएकी छन्।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार