५० प्रतिशत कम फल्यो जुम्ली स्याउ
गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् । वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा १० जनाको परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको तिला गाउँपालिका – १ राराका स्याउ किसान महेन्द्र बुढाले बताउनुभयो ।
कृषि विकास कार्यालयका जुम्लाका अनुुसार जिल्लाका १६ हजार घरपरिवारले स्याउखेती गर्दै आएका छन् । स्याउ रोपिएको जमीनमा अन्न उत्पादन हँुदैन । “यस पटक न किसानसँग स्याउ छ, न त खाने अन्न ।
असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पारिदियो”, वरिष्ठ स्याउ किसान रामसिंह रावलले बताउनुभयो । गत वर्ष जिल्लामा स्याउबाटै रु ३४ करोड आम्दानी भएकामा यस वर्ष असिनापानी र कालो तुषारोले ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । पाँच वर्ष अघिदेखि स्याउको बीमा शुरु भए पनि जिल्लाभर एक हजार २४७ जनाले मात्रै स्याउको बीमा गरेको शिखर बिमा कम्पनी शाखा जुम्लाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस