• जीवनशैली | Jiwanshaili
  • विश्वभरका १ करोड ४५ लाखले जिते कोरोना भाइरस संक्रमण


    काठमाडौं- विश्वमा कोरोना भाइरस संक्रमणलाई १ करोड ४५ लाख ५१ हजार ३८० जनाले जितेका छन् । विश्वभर अहिले संक्रमितको संख्या २ करोड १८ लाख १६ हजार १०६ जना रहेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ७२ हजार ६ सय ८१ रहेको छ ।

    विश्वभरमा ६४ लाख ९२ हजार ४५ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमित मध्ये ६४ हजार ४७९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

    संयुक्त राज्य अमेरिकामा मात्र ५५ लाख ६५ हजार ७५९ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ७३ हजार ९६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । भने भाइरसलाई जितेर २९ लाख २१ हजार ९६७ जना घर गइसकेका छन् । त्यस्तै आइतबार मात्र अमेरिकामा ३५ हजार ८०८ जना नयाँ संक्रमित भेटिएका छन् । भने४९० जनाले ज्यान गुमाएका छन् ।

     


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस