अमेरिकामा गोलीकाण्ड १७ जनाको मृत्यु
अमेरिकाको ओहायो राज्यको सिनसिटीका बेग्लाबेग्लै स्थानमा भएको गोलीकाण्डमा परेर १७ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएका फरक फरक हमलामा उनीहरुको मृत्यु भएको हो । राज्यका सहायक प्रहरी प्रमुख पाउल नउडिका अनुसार पहिलो गोलीकाण्ड ओभरदराईनमा भएको थियो । त्यहाँ भएको गोलीकाण्डमा १० जनामाथि गोली प्रहार भएको थियो । त्यहाँ २ जनाको मृत्यु भएको आशंका छ ।
त्यसपछि वालनट हिल्समा ३ जनाको गोली हानी हत्या गरिएको छ । त्यस्तै एभन्डेलमा ४ जनामाथि गोली हानेर मारिएको बताईएको छ । तर त्यहाँ २ जनाको मात्र मृत्यु भएको भन्ने खबर आएको छ, पुष्छि भैसकेको छैन । रिपोर्टहरुका अनुसार ६० देखि ९० मिनेटभित्रमा तीनवटा गोलीकाण्ड भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस