• जीवनशैली | Jiwanshaili
  • विवाह गर्ने नाममा जब अफ्रिकन युवाले नेपाली युवतीको लाखौँ ठगे


     

    काठमाडौं- सामाजिक सञ्चाजल इन्स्टाग्रामबाट नेपाली युवतीलाई प्रेम गरेको नाटक गर्दै विहे गर्नेसम्मको आश्वासन दिएर लाखौँ रुकम झ्वाम पार्ने एक अफ्रिकन युवा प्रहरीको फन्दामा परेका छन् ।

    मार्क एरोन नाम गरेका व्यक्ति इन्स्टाग्राममा आफू डाक्टर भएको भन्दै युवतीहरूलाई प्रभावमा पारी ठगी गर्दै आएको खुलेपछि महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार इन्टाग्राममै भएको परिचयमा ती युवकले आफू लन्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको बताउँदै नेपाली युवतीलाई विवाहकोसम्म प्रस्ताव राख्छन् ।

    त्यसपछि उनीहरू विवाह गर्ने निदोमा पुग्छन् र आफ्नी हुनेवाला श्रीमतीलाई उपहार दिने भन्दै थप प्रलोभनमा पार्छन् ।

    उनले नेपाली युवतीलाई उपहारमा हिराको औंठी, महँगो घडी, सुनको सिक्री र दुई लाख तीस हजार पाउन्ड नगद दिने नै तयारी गरेको पठाउन लाग्दा भन्सार छुटाउन पर्ने भन्दै नेपाली रूपैयाँ पठाउन लाउँछन् ।

    आफ्नो हुनेवाला श्रीमानले भनेपछि ती युवतीले भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउनका लागि भन्दै पटक/पटक गरेर ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ पठाउँछिन् ।

    त्यसपछि केही समय बेपत्ता भएका ती व्यक्तिले तीनै युवतीलाई फेरि २० लाख रुपैयाँ भन्सार छुटाउन लागि आवश्यक परेको भन्दै नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा आउन भने ।

    तव ती युवतीले आफू ठगिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिइन् । त्यसपछि प्रहरीसहित एभरेष्ट होटल पुग्दा ती ब्यक्ति भेटिएनन् बरू सोल्टी होटल आउन भने ।

    त्यहाँ पनि नभेटिएपछि उनको खोजी तीब्र पारेको प्रहरीले उनलाई शुक्रबार ठमेलबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

    प्रहरीका अफ्रिकी मुलुक रिपब्लिक डी एनोग्लाका सिल्भा एन्टोनिओ डि कोस्टा नाम गरेका ती व्यक्तिले अरूलाई पनि ठगेको पाइएको छ ।

    कोस्टाले नक्कली नोटसमेत बनाउने गरेको पाइएकाले थप अनुसन्धान जारी रहेको जनाइएको छ । कोस्टा गत फागुन २४ गते नेपाल आएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस