समुद्रमुनि केबल बिछ्याएर अमेरिका, बेलायत र स्पेन जोडिने
ग्लोबल टेक जायन्ट कम्पनी गुगलले आफ्नो केबल कनेक्सन अपग्रेड गर्दै ट्रान्सएटलान्टिक डाटा केबल बिछ्याउने भएको छ । जसअन्तर्गत समुद्रमुनि केबल बिछ्याएर अमेरिका, बेलायत र स्पेन जोडिनेछ । यो परियोजना सन् २०२२ मा सम्पन्न हुने जनाइएको छ ।
समुद्रमुनि बिछ्याइने केबल सञ्चार पूर्वाधारको लागि निकै महत्वपूर्ण हुनेछ । गुगलका अनुसार यसले विश्वको कुल डाटाको ९८% प्रतिशत सञ्चार गर्नेछ ।
ग्रेस होपर इन्टरनेट केबल नाम दिइएको यो केबल नेटवर्क समुद्रमुनि गुगलको चौथो प्राइभेट नेटवर्क हो । सूचनाप्रविधि विज्ञहरुका अनुसार यसले समुद्रपार ब्यान्डविथलाई निकै ठूलो मात्रामा बढाउनेछ ।
गुगलको यो परियोजनामा आबद्ध जेन स्टोवेलको भनाईमा समुद्रमुनिको केबलले अरु केबल कम्पनीसँगको निर्भरता र गुगलको लागतलाई निकै कम गर्नेछ । स्टोवेल भन्छिन्, ‘यो सिंगल केबल प्रोजेक्ट होइन । किनकि सिंगल केबल समय समयमा टुट्न सक्छ । र, समुद्रमुनि ८ हजार मिटरको गहिराईमा नेटवर्क मर्मत गर्न समय लाग्नेछ ।’
सन् १८५८ मा समुद्रमुनि पहिलो केबल बिछ्याइएको थियो । टेलिग्राफ कम्पनीको उक्त केबलले आयरल्यान्ड र अमेरिका जोडेको थियो ।
बीबीसीका अनुसार हालसम्म ७ लाख ५० हजार माइल केबल समुद्रमुनि बिछ्याइएको छ । अन्तर महादेशीय सञ्चारको लागि राखिएका यस्ता केबलको कुल लम्बाई पृथ्वीलाई सत्रपटक घेर्न पुग्छ । समुद्रमुनि बिछ्याइने केबलको आयु २५ वर्ष हुन्छ ।
गुगलको केबल परियोजनामा आबद्ध स्टोवेलका अनुसार समुद्रमुनि बिछ्याइएका केही केबल प्रयोगमा छैनन् । नयाँ र राम्रो प्रविधि आवश्यक परेकाले गुगलले केबल परियोजनामा लगानी गरेको हो ।
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस