हाइड्रोपावरमा कार्यरत मजदूरको ढुङ्गा लागेर मृत्यु
दार्चुलाको मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका– ५ मकरीगाडमा निर्माणाधीन १० मेगावटको मकरीगाड हाइड्रोपावरमा कार्यरत मजदूर २९ वर्षीय सुनिलसिंह धामीको मृत्यु भएको हो ।
मकरीगाड हाइड्रोपावरको पोल बोक्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । ढुङ्गा लागेर घाइते भएका धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउने क्रममा सेलविसामा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको गोकुलेश्वर अस्पतालमा शव परीक्षण गरिएको छ ।
मृतक धामी गत चैतदेखि मकरीगाड हाइड्रोपावरमा कार्यरत थिए । मृतकका एक छोरा र श्रीमती छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस