• जीवनशैली | Jiwanshaili
  • एकै दिन १ हजार ६ सयले घट्यो सुनको मुल्य


     

    काठमाडौं( नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । आज सुन तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य ९८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

    आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलाको १५ रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस