• जीवनशैली | Jiwanshaili
  • नेपालमा कोरोना संक्रमणका कारण २४ घण्टामा थप ११ जनाको मृत्यु


    नेपालमा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा.जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यो सँगै देशभर कोरोना संक्रमितको सख्या ३० हजार ४ सय ३८  पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस