मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार एकको मृत्यु
मोरङमा आज सवारी दुर्घटनाका कारण साइकलमा सवार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ११ः०० बजे सुन्दरहरैचा नगरपालिका वडा नं. ६ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट आइरहेको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार दुई जना नवराज बराईली र डम्बर श्रेष्ठ तथा मोटरसाइकल चालक जिल्ला बारा सिमरा –८ निवासी ४५ वर्षिय राजकुमार पुलामी सहित तीन जना घाइते भएका थिए ।
घाइते तीनै जनालाई उपचारका लागि विराट नर्सिङ होममा लगिएकामा साइकलमा पछाडी सवार श्रेष्ठको निधन भएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । दुर्घटनाका कारण साइकल चालक बराईलीको अवस्था गम्भीर छ भने मोटरसाइकल चालकको अवस्था सामान्य रहेको र साइकल एवं मोटरसाइकल प्रहरीले नियन्त्रण लिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस