प्रदेश नं १ मा ११२ सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा आज ११२ जना कोरोना सङ्क्रमित थपिएका छन् । सोमध्ये ३४ महिला, ७८ पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९÷१९, सङ्खुवासभामा दुई र प्रदेश बाहिरका एक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा विराटनगरमा २१ जना कोरोनाबाट सङ्क्रमित पुष्टि भएको छ । जसमा महिला १० र पुरुष ११ छन् ।
मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितमा मोरङको कटहरीमा छ महिला, नौ पुरुष, पथरी शनिश्चरेमा सात पुरुष, सुन्दरहरैचामा एक महिला एक पुरुष, बेलबारी र सुनबर्सीमा एक÷एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, जिल्ला बाहिर सुनसरीको इटहरीमा दुई महिला र सात पुरुष, दुहवीमा तीन महिला र छ पुरुष, धरानमा दुई महिला र चार पुरुष, झापाको दमकमा सात महिला र नौ पुरुष, झापा गाउँपालिकामा एक महिला र दुई पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा एक महिला र १८ पुरुष, सङ्खुवासभाको खाँदबारीमा दुई पुरुष तथा प्रदेश बाहिरकी एक महिलामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा हालसम्ममा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या तीन हजार २१६ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर नौ जना घर फर्केका छन् । घर फर्किनेमा झापा मेचीनगरको धाइजन आइसोलेसन केन्द्रका नौ जना छन् ।
हालसम्ममा यस प्रदेशमा डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ५२५ पुगेको छ भने पछिल्लो २४ घण्टाको अवधिमा एक हजार २२० जनाको पिसीआर परीक्षण भई हालसम्ममा ८६ हजार ४२२ जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस