भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । व्यक्तिगत वेबसाइटसँग जोडिएको उनको ट्वीटर अकाउन्ट बिहीबार बिहान ह्याक भएको हो ।
ह्याकरले मोदीको अकाउन्टबाट क्रिप्टोकरेन्सीसँग सम्बन्धित श्रृंखलाबद्ध ट्वीट गरेका छन् । ट्वीटमा भारतले क्रिप्टोकरेन्सी सुरुवात गरेकाले त्यसमार्फत् दान गर्न भनिएको छ। ‘अहिले भारतले क्रिप्टोकरेन्सी सुरु गरेको छ’, ट्वीटरमा भनिएको छ, ‘कोभिड–१९ का लागि म तपाई सबैसँग प्रधानमन्त्री राष्ट्रिय राहत कोषलाई यसमार्फत् दान गर्न अपील गर्दछु ।’
भेरिफाई भएको उक्त अकाउन्टमा २५ लाख फलोअर रहेका छन् । प्रधानमन्त्री मोदीको ट्वीटर ह्याक भएकोबारे अनुसन्धान भइरहेको ट्वीटरका प्रवक्तालाई उद्दृत गर्दै बीबीसीले जनाएको छ । ह्याकरले हाई प्रोफाइल भएका व्यक्तिको ट्वीटर अकाउन्ट ह्याक गर्दै आइरहेका छन् ।
यसअघि अमेरिकी राष्ट्रपतिको चुनावका उम्मेदवार जोय बाइडन, पूर्वराष्ट्रपति बाराक ओबामा लगायतका ट्वीटर पनि ह्याक गरिएका थिए ।एजेन्सी

क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस