• जीवनशैली | Jiwanshaili
  • भारतमा पब्जीसहित ११७ चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध


    चीन र भारतबीच तनाव बढिरहेको बेला दिल्लीले थप ११८ वटा चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाइएका एपमा चर्चित भिडिओ गेम पब्जी र विच्याट लगायत धेरै एप टेन्सेन्ट कम्पनीका उत्पादन छन्।

    यसअघि भारत सरकारले टिकटकसहितका ५९ वटा निकै लोकप्रिय एपहरूलाई राष्ट्रिय सुरक्षाको सरोकार देखाउँदै प्रतिबन्ध लगाएको थियो।

    पछिल्लोपटक प्रतिबन्धित गरिएका एपले राष्ट्रिय स्वार्थविरुद्ध काम गरिरहेको ‘विश्वस्त सूचना’ आफूसँग रहेको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

    प्रतिबन्ध लगाइएका अन्य केही प्रमुख एपहरू :

    सर्च इञ्जिन बाइडुका दुईवटा एप
    क्यामकार्डको बिजनेस कार्ड स्क्यानर
    अलिबाबाको रकम भुक्तानीसम्बन्धी अलिपे
    विद्युतीय व्यापारसम्बन्धी ताओबाओ एप
    मार्भल सुपरवारसहितका खेलका एप
    सिना न्यूज

    मन्त्रालयले ती एपबारे ‘विभिन्न स्रोतहरूबाट’ थुप्रै उजुरी परेको जनाएको छ।एजेन्सी


    क्याटेगोरी : प्रविधी शैली

    प्रतिक्रिया दिनुहोस