अमेरिकाको राष्ट्रपति भवनलाई किन भनिन्छ ‘व्हाइट हाउस’ ?
विश्वका प्रायः देशका राष्ट्रपतिका लागि छुट्टै भवनको व्यवस्था गरिएको हुन्छ । र त्सको आफ्नै नाम पनि दिइएको हुन्छ ।
यस्तै नेपालमा राष्ट्रपति भवनलाई शित्तल निवासको नाम दिइएको छ । अमेरिकामा राष्ट्रपति भवनलाई ‘व्हाइट हाउस’ भनिन्छ । तर पहिलेदेखि यस भवनको नाम ह्वाइट हाउस भने थिएन । निर्माण कार्य सम्पन्न भएपछि, यसको नाम ‘प्रेसिडेन्ट्स प्यालेस’ अथवा ‘प्रेसिडेन्ट म्यान्सन’ थियो ।
यसको नाम ‘व्हाइट हाउस’ राख्नु पछाडी ११८ वर्ष पुरानो इतिहास रहको छ ।
‘व्हाइट हाउस’ केवल अमेरिकी राष्ट्रपतिको निवास स्थान होइन, यो अमेरिकाको एतिहासिक पूर्वाधारको एक उत्कृष्ट नमुना पनि हो ।
व्हाइट हाउसमा कुनैपनि शक्तिशाली देशमा हुने हरेक सुविधा उपलब्ध छ । भवनभित्र एउटा बंकर पनि उपलब्ध छ जसलाई समस्याको बेला अमेरिकी राष्ट्रपति र उनको परिवारलाई सुरक्षित राख्नको लागि प्रयोग गर्न मिल्छ ।
आयरल्याण्डमा जन्मिएका जेम्स होबनले व्हाइट हाउसको डिजाइन तयार गरेका हुन् । यासको निर्माण कार्य सन् १७९२ देखि १८०० को बीच मतलब आठ वर्षमा पुरा गरिएको थियो । आज व्हाइट हाउस उभिएको ठाउँमा पहिला जंगल थियो ।
व्हाइट हाउसमा कुल एक सय ३२ वटा कोठा रहेको छ । यस बाहेक ह्वाइट हाउसमा ३५ वटा बाथरूम, चार सय १२ ढोका, एक सय ४७ झ्याल, आठ वटा सिढी र तीन लिफ्ट पनि छन् ।
यस भवनमा दुई बेसमेन्ट, दुई पब्लिक फ्लोर र बाँकी तला अमेरिकी राष्ट्रपतिको लागि सुरक्षित राखिएको छ ।
व्हाइट हाउसमा पाँच फुलटाइम शेफ काम गर्छन् र भवन भित्र एक सय ४० पाहुना एकसाथ रात्रिभोज गर्न सक्ने व्यवस्था रहेको छ ।
व्हाइट हाउसको बाहिरी भित्ता रंग लगाउनको लागि पाँच सय ७० ग्यालन रंगको आवस्यकता पर्छ । सन् १९९४ मा व्हाइट हाउसलाई रंग लगाएको खर्च दुई लाख ८१ हजार डलर भएको थियो।
अमेरिकी राष्ट्रपति भवनको नाम व्हाइट हाउस राख्नुको कारण, सन् १८१४ मा ब्रिटिश आर्मीले वाशिंगटन डिसीमा थुप्रै ठाउँमा आगो लगाएका थिए । यसमा व्हाइट हाउस पनि परेको थियो । उक्त आगोको कारण यसको भित्ताको सुन्दरता नष्ट भयो, भवनलाई पुनः आकर्षक बनाउन त्यसमा सेतो रंग लगाइयो । त्यसपछि यसलाई ‘व्हाइट हाउस’ को नाम दिइयो ।
सन् १९०१ मा अमेरिकाको २६औँ राष्ट्रपति थियोडोर रूजवेल्टले आधिकारिक रूपमा यसको नाम व्हाउस हाउस राखे ।एजेन्सी
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस