मुम्बईमा अभिनेत्री कंगनाको अफिसमा चल्यो डोजर
मुम्बई महानगरपालिकाले विवादास्पद अभिनेत्री कंगना रनावतको कार्यालय भत्काएकोक छ । अभिनेत्री कंगनाको कार्यलयमा अवैध संरचना निर्माण भएको भन्दै महानगर पालिकाले कार्यायलको केही भाग बुलडोजर चलाएर भत्काएको हो ।
बुधबार २४ घण्टाभित्रै कंगनालाई उनको कार्यालयको अवैध संरचना तत्काल हटाउन कंगनालाई महानगरपालिकाले दोस्रो नोटिस जारी गरेको थियो । नोटिस जारी गरे लगत्तै बुधबार बिहान १०ः३० बजे देखि १२ः४० बजे सम्मको समयमा कंगनाको कार्यलय भत्काइएको हो ।
कार्यलय भत्काउने जेसीबी, क्रेन र हथौडाहरु लिएर आज विहानै मुम्बइ पुलिस सहित महानगरपालिकाका अधिकारीहरु कंगनाको कार्यायल बाहिर पुगेका थिए ।
हिमाञ्चल प्रदेशमा रहेकी कंगना रनावत आजै मुम्बई फर्कँदै थिइन् । कंगना मुम्बइ फर्कनु अघि नै उनको कार्यालयमा कारवाही भएको हो ।
मुम्बईको बान्द्रा पालीहिलमा अवस्थित कंगनाको कार्यलय केही समय अघि ४८ करोड खर्च गरेर बनाइएको थियो । यहि ठाउँमा कंगनाको प्रोडक्सन हाउस र मणिकर्णिका फिल्मको कार्यालय समेत थियो ।
आजै मुम्बई हाइकोर्टले कंगनाको कार्यालयमा कारवाही गर्न मुम्बई पुलिसलाई रोक लगाएको थियो । तर कारवाहीको पत्र आउनु अघिनै मुम्बई पुलिसलले कंगनाको कार्यलयमा तोडफोड गरेको हो ।
कार्यालयमा कोही नभएको अवस्थामा कसरी तोडफोड भयो अदालतले मुम्बई पुलिससँग त्यसको जवाफ मागेको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस