कोरोना सङ्क्रमणबाट चितवनमा थप एकको मृत्यु
चितवन मेडिकल कलेजमा आज थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनको भदौ २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
अस्पतालको कोभिड सघन उपचार कक्षमा आज उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । एक जना वृद्धाको घरमा नै मृत्यु भएको थियो । मृत्युहुनेमा चितवनका १३, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ३ तथा बारा, गोर्खा र कैलालीका एक÷एक जना रहेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस