• जीवनशैली | Jiwanshaili
  • हिमालय एयरलाइन्सलाई आईएसओ ९००१–२०१५ प्रमाणपत्र


     

    हिमालय एयरलाइन्सले ९००१–२०१५ आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ । आज हिमालय एयरलाइन्सले एक प्रेस विज्ञप्ति जारी गर्दै क्वालिटी म्यानेजमेन्ट सिस्टम ९क्युएमएस०ले आईएसओ ९००१–२०१५ प्रमाणीकरण गरिदिएको बताएको हो।

    विज्ञप्तीमा भनिएको छ चिनियाँ लगानीको अन्तर्राष्ट्रिय उडान हिमालय एयरलाइन्सले आईएसओ ९००१–२०१५ प्रमाणपत्र प्राप्त गरेको छ।

    हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले यो वास्तवमै एयरलाइन्सका लागि एक उपलब्धी  भएकाे बताए  याे प्रमाणपत्रले हाम्रा ग्राहकहरुलाई उत्तम सम्भावित गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्दछ उपाध्यक्ष  श्रेष्ठले भने । एयरलाइन्सले दिदैँ आएको गुणस्तरीय र सुरक्षित उडान सेवालाई यो प्रमाणपत्रले पुष्टि गरिदिएको  उनले बताए ।

    वायुयान मर्मत तथा इन्जीनियरिङ्ग सेवा प्रदान गरेको भन्दै हिमालयले प्रमाणपत्र प्राप्त गरेको   बताइएकाे छ ।

     

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस