• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमणबाट भारतीय केन्द्रीय रेल राज्यमन्त्री अंगडीको मृत्यु


    एजेन्सी- कोरोना संक्रमणबाट भारतीय केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको मृत्यु भएको छ । ६५ वर्षीय रेल राज्यमन्त्री सुरेशको बुधबार साँझ दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    उनलाई सेप्टेम्बर ११ मा कोरोना पुष्टि भएपछि एम्समा भर्ना गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । राज्यमन्त्री सुरेशको मृत्युपछि भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् ।

    सुरेस कर्नाटकको बेलगावीबाट चार पटक सांसद बनेका थिए । उनले सेप्टेम्बर ११ मा आफैले कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।

    उनको निधनमा बिहप्बार दिल्लीस्थित सबै सरकारी कार्यालयमा रहेका झन्डा आधा झुकाउने भारतीय गृहमन्त्रालय जनाएको छ ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार