युक्रेनमा सैन्य विमान दुर्घटना : २२ जनाको मृत्यु, २ को जिवितै उद्धार, ३ जना बेपत्ता
एजेन्सी- युक्रेनमा सैन्य विमान दुर्घटना भएको छ । दुर्घटनामा २२ जनाको ज्यान गएको छ भने २ जनाको जिवितै उद्धार गरिएको छ । वायुसेनाका प्रशिक्षार्थी लिएर उडेको एन्टोनोभ-२६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको बिबिसीले जनाएको छ ।
चालक दलका सदस्यसहित २७ जना रहेको विमानमा अहिलेसम्म २२ जनाको शव भेटिएको छ । दुर्घटनामा परेको विमानमा आगो लागेको थियो जसलाई केहीबेरमा नियन्त्रणमा लिइएको थियो ।
विमानमा सवार तीन जना अझै हराइरहेका छन् । उनीहरुको खोजी भैरहेको छ भने विमान दुर्घटनाको कारण खुल्न सकेको छैन ।
खार्किभका क्षेत्रीय गभर्नर ओलेक्सी कुचेरका अनुसार प्रारम्भिक सूचनामा एक जना पाइलटले दुर्घटना हुनुभन्दा केही समयअघि एउटा इन्जिनमा खराबी आएको रिपोर्टिङ गरेका थिए ।
तर यो समस्या दुर्घटना नै निम्तिनेसम्मको गम्भीर नहुनुपर्ने र घटना निकै स्तब्धपूर्ण र दुःखद भएको कुचेरलाई उद्धृत गर्दै युक्रेनी समाचार एजेन्सीले जनाएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस