चीनमा २५ जना विद्यार्थीलाई विष खुवाएर मारेको कसुरमा शिक्षिकालाई मृत्युदण्ड
चीनमा शिशु कक्षामा पढ्ने २५ विद्यार्थीलाई खाजामा विष हालेर खुवाएको कसुरमा एक शिक्षिकालाई मृत्युदण्डको सजाय सुनाइएको छ।
चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार ज्याओजु सहरस्थित शिशु पाठशालाकी शिक्षिका वाङ युनलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो।
प्रकाशित खबरअनुसार ती शिक्षिकाले गत वर्ष मार्चमा आफ्नी एक सहकर्मीसँग विवाद परेपछि बदला लिन उन (सहकर्मी) को जिम्मामा रहेका २५ विद्यार्थीलाई बिहानको खाजामा सोडिअम नाइट्राइट नामको रसायन मिसाइदिएकी थिइन्।
त्यो खाजा खाएपछि ती विद्यार्थी वान्ता गर्दै बेहोस भएका थिए भने एक जनाको मृत्युसमेत भएको बताइएको छ।
त्यसैबेला पक्राउ परेकी शिक्षिका वाङविरुद्ध परेको मुद्दाको सोमबार फैसला गर्दै अदालतले उनीविरुद्ध मृत्युदण्डको सजाय सुनाएको ग्लोबल टाइम्सले जनाएको छ।
विद्यार्थी व्यवस्थापनसम्बन्धी विषयमा सहकर्मीसँग विवाद भएपछि ती शिक्षिकाले ‘अर्की शिक्षिकाका विद्यार्थीको खानामा नाइट्राइट हालिदिएको’ अदालतले ठहर गरेको छ।
सोडिअम नाइट्राइट प्रायः मासु प्रशोधन गर्न प्रयोग गरिन्छ। तर यो रसायन ठूलो मात्रामा प्रयोग गर्दा विषको काम गर्छ।बीबीसी
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस