चीनमा टिकटक लाइभमै युवतीमाथि पेट्रोल छर्केर आगो लगाइयो
एजेन्सी- चीनमा टिकटकमा चर्चित एक युवतीलाई ‘लाइभ’ गरिरहेकै बेला उनका पूर्वपतिले पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन्। ३० वर्षीया लामु नाम गरेकी चिनियाँ युवतीको यसरी आक्रमण भएको दुई सातापछि उपचारका क्रममा मृत्यु भएको बिबिसीले जनाएको छ।
बीबीसीका अनुसार चिनियाँ संस्करणको टिकटक ‘डोइन’मा चर्चित लामु नामकी महिलालाई जिउँदै जलाइएको हो।
लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएको थियो भने लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चिच्याएको आवाज सुनेका थिए।
घटनामा संलग्न रहेको आरोपमा लामुका पूर्वपतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको चिनियाँ प्रहरीले जनाएको छ।
लामुले ग्रामीण जीवनशैलीका बारेमा भिडियोहरु पोष्ट गर्ने गरेकी थिइन्। यो घटनापछि चीनमा महिला विरूद्ध हिंसाबारेको बहस फेरि चुलिएको छ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस