एनसेलको ‘कुरै कुरामा उपहार’ योजना, हरेक दिन सात सय जनालाई २ सय रूपैयाँ बोनस
काठमाडौं- एनसेल आजियाटा लिमिटेडले चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना सार्वजनिक गरेको छ । सार्वजनिक योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी उपहार जित्न सक्नेछन् ।
दैनिक, साप्ताहिक र बम्पर उपहार पनि योजनामा रहेको कम्पनीले जनाएको छ । मंसिर १३ सम्म जारी रहने यस योजनामा सहभागी हुनेबित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्न निश्चित मिनेटको लक्ष्य पाउने र भ्वाइस कल गर्नेबित्तिकै ग्राहकले त्यही दिनको मध्यरातसम्मको बोनस अन नेट टक टाइम पाउने कम्पनीले जनाएको छ ।
यसैगरी हरेक दिन सात सयजनाले दुई सय रूपैयाँ बोनस ब्यालेन्स, सातजनाले सामसङ ग्यालेक्सी एम ०१एस र बम्पर उपहारमा दुईजनाले सामसुङ ग्यालेक्सी नोट २० पाउने कम्पनीको भनाइ छ । योजनामा दैनिक धेरै मिनेट कुरा गर्नेमध्ये प्रत्येक प्रदेशबाट सयजनालाई उपहार दिइने र अन्य उपहार पनि रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : प्रविधी शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस