• जीवनशैली | Jiwanshaili
  • चामलको बोरामा ल्याउदै गरेको लागूपदार्थ बरामत


    रुपन्देहीमा भारत बाट चामलको बोराभित्र लागूपदार्थ लुकाएर ल्याउनेक्रममा सीमा क्षेत्रमा खटीएका सुरक्षाकर्मीले बरामत गरेका छन । २० असोजमा भारतबाट एक बोरा चामल ल्याउँदै गरेको एउटा स्कुटरलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका(२ स्थित फुलपुरमा रहेको सशस्त्र प्रहरीले रोक्न खोजेपछी चालक स्कुटर छोडेर भारततिर भागे।

    प्रहरीलाई शंका लागेर बोरा खोलेर हेर्दा विभिन्न लागूपदार्थ भेटिए। सशस्त्र प्रहरी गण रुपन्देहीका अनुसार, क्लोरफेनिरामाइन मलेटो १०० मिलिलिटरको १४४ बोतल, नाइट्राजेपम ट्याब्लेट्स ३०० वटा र १४४ क्याब हाइड्रोक्लोराइड बरामद गरिएको छ।
    लागूपदार्थ ओसारपसारमा नयाँ विधिको प्रयोग हुन थालेको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले बताएका छन ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस