कोरोनाको कहर : अम्बेजात्रा स्थगित
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० चित्लाङ बिसिङ्खेलमा हरेक वर्ष कात्तिक १ गते लाग्ने अम्बेजात्रा यस वर्ष स्थगन गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जात्रा स्थगन गरिएको हो ।
थाहा नगरपालिका १० नम्बर वडा अध्यक्ष हिराबहादुर गमालले हिन्दू धर्मअनुसार ६४ शिवलिङ्गमध्ये एक मानिने चम्पाकेश्वर मन्दिर परिसरमा लाग्ने अम्बेजात्रामा यस वर्ष नित्यपूजा र क्षमापूजा मात्र हुने बताउनुभयो ।
अघिल्ला वर्षमा जस्तो बजार राख्ने, लाखबत्ती बाल्ने, रुद्री गर्ने जस्ता क्रियाकलाप बन्द गरिने छ,’ उहाँले भन्नुभयो । जात्रामा हरेक वर्ष मकवानपुरका मात्र नभई धादिङ, काठमाडाँैं, भक्तपुर, ललितपुरलगायत जिल्लाबाट समेत भक्तजनको घुइँचो लाग्ने गरेको थियो ।
अम्बेजात्रालाई स्थानीयवासी गोपाली(गोपालवंशका मानिने)ले विशेष महत्व दिएर मनाउने गरेका थिए । स्थानीय न्हुँलगाउँ, टौखेल, कलाँटु र अम्बुटोलका बासिन्दाले प्रत्येक वर्ष जात्रामा विशेष पूजाका लागि महादेवलाई जाँड र एकै पटक कुटिएको चिउरा चढाउने प्रचलन छ । गोपालीले टाउकामा पगरी र फूल सिउरेर घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलनसमेत छ ।
चम्पाकेश्वर मन्दिरमा प्रयोग गरिएको सम्पूर्ण काठ चाँपको छ । चाँपको रुखको फेदमा उत्पत्ति भएको भन्ने किंवदन्तीअनुसार स्थानीयवासी चम्पाकेश्वर महादेवका रुपमा पुज्छन् । चम्पाकेश्वरको पूजा गरे गाउँमा पानी पर्ने र गाईवस्तु पालन फस्टाउने स्थानीयवासीको विश्वास रहिआएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस