सहकारी संस्थाले सामाजिक सुरक्षा भत्ता

झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ ।
सहाराले एकल महिला, एकल पुरुष, शारीरिक अशक्त र ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वार्षिक भत्ता दिँदै आएको छ । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत यसवर्ष झापा र मोरङ जिल्लामा रु ५३ लाख ७६ हजार भत्ता वितरण गरिएको संस्थाले जनाएको छ ।
सहकारीको विर्तामोड अनुगमन कार्यालयका अधिकृत घनश्याम रायाका अनुसार वार्षिक रुपमा एकल महिलाले रु आठ हजार, एकल पुरुषले रु छ हजार, शारीरिक अशक्तले रु १० हजार, ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकले रु छ हजार, ७० वर्ष नाघेकाले रु आठ हजार र ८१ वर्ष नाघेका व्यक्तिले रु १० हजारका दरले भत्ता पाउँछन् ।
यसवर्ष ६९५ जनालाई सामाजिक सुरक्षा भत्ता घरमै लगेर वितरण गरिएको अनुगमन अधिकृत रायाले बताउनुभयो । सबैभन्दा बढी रु ४० लाख ८० हजार रकम ५१० एकल महिलालाई वितरण गरिएको छ । सहारा नेपालका एक लाखभन्दा बढी सदस्य रहेका छन् । संस्थाले सदस्यको स्वास्थ्य सुरक्षाका लागि ‘जीवन बरदान’ नामक कार्यक्रम लागू गरेको छ ।
यसअन्तर्गत सदस्य बनेकाले क्यान्सर, मिर्गौला, मुटुलगायतका जुनसुकै घातक रोग लाग्दासमेत उपचार खर्च पाउँछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस