• जीवनशैली | Jiwanshaili
  • आज मंगलग्रह पृथ्वीबाट देखिँदै सबैभन्दा ठूलो र चम्किलो


    एजेन्सी- अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका अनुसार मंगलबार मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिँदै छ । मंगलबार राति मंगल ग्रह, पृथ्वी र सूर्यको सिधा रहने हुँदा ठूलो देखिने नासाले जनाएको छ ।

    यो घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ । जहा तीनै ग्रह १८० डिग्री कोणमा सिधा हुनेछन् । नासाका अनुसार मंगल ग्रह र पृथ्वी नजिक आउने खगोलीय घटना हरेक दुई वर्षमा एकपल्ट हुन्छ ।

    मंगलबार राती नजिक देखिने पृथ्वी र मंगल ग्रह अब सन् २०२२ को डिसेम्बर अघि नजिक देखिने छैनन् । अपोजिशनको खगोलीय घटना आज राती हुने भएपनि गएको मंगलबार ६ अक्टोबरमा नै मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो ।

    समाचारमा उल्लेख भए अनुसार तिनीहरू अहिले ६२ करोड ६९ लाख ५७० किलोमिटरको दूरीमा छन् ।

    सन् २०३५ सम्म सबैभन्दा कम दूरी यही नै हुनेछ । यो भन्दा अघि सन् २०१८ मा आमनेसामने हुँदा पृथ्वी र मंगलग्रह जम्मा ५८ करोड किलोमिटर टाढा थिए ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस