• जीवनशैली | Jiwanshaili
  • अनलक ५: भारतमा ७ महीनापछि आज खुल्दैन् सिनेमा हल र स्वीमिङ पुल


    एजेन्सी- भारतमा आजदेखि ‘अनलक-५’ लागू हुँदैछ। कोरोना महामारीका कारण सात महीनापछि आज सिनेमा हल, मल्टीप्लेक्स, इन्टरटेनमेन्ट पार्क, स्वीमिङ पूललगायतका क्षेत्र खुल्दैछन्।

    सामाजिक दूरी कायम गराउँदै आजदेखि सिनेमा हल खोल्नका लागि सरकारले अनुमति दिएको थियो। मध्यप्रदेश, दिल्ली, चण्डीगढ, उत्तर प्रदेश तथा बंगालमा ७ महीनादेखि बन्द सिनेमा हल खुल्ने भएको हो। तर, महाराष्ट्र, झारखण्ड, छत्तीसगढ तथा पूर्वोत्तरी राज्यमा भने अर्को सूचना जारी भएपछि मात्र खुल्नेछन्।

    गुजरातमा १७ अक्टोबरबाट खुल्न सक्छ। गोवा सरकारले सिनेमा हल खोल्नका लागि अनुमति दिएको थियो। तर, सिनेमा हल सञ्चालकहरूले नयाँ चलचित्र नहुँदा हल बन्द नै राख्ने निर्णय गरेका छन्।

    त्यस्तै, आजदेखि मनोरञ्जन पार्क पनि खुल्नेछन्। पार्कभित्र र बाहिर स्यानिटाइज गर्नुपर्नेछ। मनोरञ्जन पार्कका स्वीमिङ पूल भने बन्द रहनेछन्।

    अन्यत्रका स्वीमिङ पूलमा एक पटकमा २० जनाभन्दा बढीलाई जान अनुमति मिल्ने छैन्। त्यस्तै आजैदेखि दिल्ली तथा महाराष्ट्रका विभिन्न क्षेत्रमा स्कूल खोल्नका लागि अनुमति दिइएको छ।

    पञ्जाबमा भने आजदेखि कक्षा ९ देखि १२ सम्मका स्कूल खुल्ला हुनेछन्। उत्तर प्रदेशमा भने १९ अक्टोबरबाट विद्यालय खुल्नेछन्।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस