कोरोना नियन्त्रण गर्न रातभरि देशव्यापी ‘कर्फ्यू’
स्लोभानिया- कोरोना भाइरसको महामारी फैलिदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ ।
देशव्यापी कर्फ्यू रातिमा मात्रै लागू हुने र मङ्लबारदेखि शुरु हुने अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
युरोपेली मुलक स्लोभानियामा पछिल्लो समय कोरोना भाइरसको महामारी अत्यन्त नराम्रोसँग फैलिएको समाचारमा जनाइएको छ ।
हरेक बेलुका नौ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यू लागू हुने भएको छ भने ६ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइएने भएको छ । त्यसैगरी कतै हिडडुल गर्नु परेमा पनि पर्याप्त र अत्यावश्यकता ठहरिने कारण देखाउनु पर्ने व्यवस्था गरिएको छ ।
स्लोभानियामा सरकारले पनि औपचारिक रुपमा देशमा कोरोना भाइरसको महामारी फैलिएको घोषणा गरेको छ ।
देशमा सोमबार मात्रै ५३७ जनाका कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि भएको छ । कुल दुई हजार ६३७ जनाको कोरोना परीक्षण गर्दा त्यति जनामा कोरोना भाइरसको सङ्क्रमण भएको देखिएको हो ।
महामारी फैलिन शुरु भएदेखि स्लोभानियामा अहिले पहिलो पटक कर्फ्यू लागू गर्ने घोषणा गरिएको हो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस