• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा ७.३ रेक्टरको भूकम्प, सुनामीको चेतावनी


    अमेरिकामा भूकम्प गएसँगै सुनामीको चेतावनी दिएको छ । अमेरिकाको होमरमा अलास्का नजिक ७.३ रेक्टरको भूकम्प गएको नेशनल सेन्टर फर सिस्मोलोजीले जनाएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी सन्देश जारी गरिएको त्यहाँका समाचार एजेन्सीहरुले जनाएका छन् ।

    होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम केन्द्र बनाएर गएको भूकम्प १० किलोमिटरको गहिराइमा गएको र केही स्थानमा सुनामीका साना लहर पनि देखिएको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।

    नेपाली समयअनुसार बिहान साढे २ बजेतिर गएको भूकम्पसँगै अमेरिकाले कोरोना महामारीसँगै सुनामीको पनि प्रभाव झेल्नुपर्ने छ ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार