• जीवनशैली | Jiwanshaili
  • अफगानिस्तानको काबुल विश्वविद्यालयमा बन्दुकधारीको आक्रमण, कम्तीमा २२ जनाको मृत्यु


    एजेन्सी- अफगानिस्तानको राजधानी काबुलमा रहेको काबुल विश्वविद्यालयमा बन्धुकधारीको आक्रमणबाट कम्तीमा २२ जनाको ज्यान गएको छ । सोमबार बन्दुकधारीले विश्वविद्यालयमा प्रवेश गरेर गोली चलाएका हुन् ।

    त्यसपछि सुरक्षाकर्मी र बन्दुकधारीबिच तीन घण्टासम्म भिडण्त भयो । तीन बन्दुकधारी मारिएपछि आक्रमण रोकिएको अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

    इस्लामिक स्टेटको क्षेत्रीय समूहले आक्रमणको जिम्मा लिएको छ । विश्वविद्यालयमा इरानियन पुस्तक मेलाका लागि सरकारी अधिकारी आउने तय भएको समय भन्दा केही पहिलेदेखि आक्रमण सुरु भएको हो ।

    केही घण्टासम्म चलेको आक्रमणमा थप २२ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा समेत गरेको छ ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस