• जीवनशैली | Jiwanshaili
  • बाइडेन विजयी भए पनि ट्रम्पले सत्ता छाडेनन् भने के होला ?


    एजेन्सी- अमेरिकाको २ सय ४४ वर्षको इतिहासमा कुनै राष्ट्रपति त्यस्ता देखिएनन्, जसले निर्वाचन हारिसकेपछि पनि सत्ता छाड्दिनँ भने। कानुनी र शान्तिपूपर्ण ढंगले सत्ता हस्तान्तरण गर्नु अमेरिकी लोकतन्त्रको विशेषता हो।

    तर अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा पराजित हुँदा पनि ह्वाइट हाउस नछाड्ने अडान लिइरहेका छन्। जसले देशमा कुनै अस्वाभाविक अवस्था पो ल्याउने हो कि भन्ने चिन्तामा अमेरिकी विज्ञ परेका छन्।

    ‘निर्वाचन पूरा भइसकेको छैन’

    यही नोभेम्बर ७ का दिन जतिबेला जो बाइडेन विजयी भएको खबर आयो, त्यतिबेला ट्रम्प वासिङ्टनमा गल्फ खेलिरहेका थिए। यो सुन्नासाथ उनले एउटा बयान जारी गर्दै भने, ‘निर्वाचन अझै पूरा भएको छैन। मलाई सबै जान्दछु– बाइडेनले आफूलाई हताहतार आफू विजयी भएको गलत दाबी गरेका छन्। अनि उनका सहयोगी सञ्चारमाध्यमले पनि उनलाई किन सहयोग गरिरहेका छन् भने सत्य कुरा बाहिर नआओस्।’ साथै उनले चुनावमा धाँधली भएको आरोप पनि लगाए।

    डेमेक्रोट पार्टीबाट राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका बाइडेनले जित हासिल गर्न आवश्यक २ सय ७० भन्दा बढी इलेक्टोरल मत प्राप्त गरिसकेका छन्। यसकारण अब उनलाई अमेरिकाको राष्ट्रपति बन्ने हक छ। ट्रम्पसामु उनलाई चुनौती दिने कानुनी बाटा पनि अब एकदमै कम छन्न।

    चुनावमा धाँधली भएको भने पनि ट्रम्पसँग कुनै ठोस प्रमाण छैन। उनले हालेको मुद्दाबमोजिम अदालतले आरोप पुष्टि गर्ने मौका दियो भने केही सम्भावना बाँकी रहन सक्छ। अन्यथा आउने जनवरी २० तारिख बाइडेनले ह्वाइट हाउसको कार्यभार सम्हाल्ने छन्।

    ट्रम्पले दिएनन् भने के गर्नुहुन्छ ?

    चुनाव नुहँदै गत जुन ११ मा एक टेलिभिजन अन्तर्वार्तामा जो बाइडेनलाई प्रश्न गरिएको९ ‘डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाडेनन् भने के गर्नु हुन्छरु’ उनले भनेका थिए– ‘यस विषयमा मैले सोचिसकेको छु। यस्तो परिस्थिति आएका खण्डमा मलाई विश्वास छ– सेनाले नै ट्रम्पलाई ह्वाइट हाउसबाट निकाल्नेछन्।’

    बिबिसी मुन्डो सेवाले केही अमेरिकी विज्ञसँग बुझ्ने प्रयास गरेको छ– कुनै राष्ट्रपतिले आफ्नो सुरक्षा शक्तिको सहयोगमा कुनै विशेष परिस्थिति पो खडा गर्न सम्भव छ कि ?

    यस विषयमा अमेरिकास्थित ओहोयो स्टेट युनिभर्सिटीका प्राध्यापक डकोटा रसेडिल भन्छन्, ‘चुनाव हारिसकेपछि कुनै राष्ट्रपतिले यसरी शक्तिको दुरुपयोग गर्न निकै कठिन हुन्छ, कल्पनाभन्दा बाहिरको कुरा हो।’

    कथं यस्तो भइहाल्यो भने अमेरिका, अमेरिका लागि मात्र नभएर सिंगो विश्व राजनीति र लोकतन्त्रकै निम्ति घातक सिद्ध हुने उनी बताउँछन्। ‘यसैले ट्रम्पले त्यस्तो केही गर्लान् जस्तो लाग्दैन,’ उनले भने।

    यस क्रममा उनले अमेरिकी सेनाका सबैभन्दा ठूला अधिकारी ज्वाइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिलेले धेरैपटक चुनावमा सेनाको कुनै भूमिका हुँदैन भनेको कुरा पनि स्मरण गरे।

    पिट्सबर्ग विश्वविद्यालयका प्राध्यापक एवं सामाजिक विरोध विज्ञ केसा ब्लाइन भने अमेरिकाको खराब स्थिति देख्दा त्यस्तो नहोला भन्नेमा ढुक्क छैनन्।

    बिबिसीसँग कुरा गर्दै उनले भने, ‘चार वर्ष पहिले अमेरिकी नागरिकले यसबारे सोचेका पनि थिएनन्। तर ट्रम्पले पोर्टल्यान्ड र वासिङ्टन (दंगाको समयमा) मा संघीय एजेन्ट पठाएपछि यो चिन्ताको विषय बनेको छ। तर मलाई लाग्दैन कि त्यो कुरा यस विषयमा पनि होला। तर सम्भावना अस्वीकार गर्न सकिँदैन।’

    न्युयोर्क टाइम्सको रिपोर्टअनुसार जनरल मिलेले ट्रम्पलाई १८०७ को विद्रोह कानुन प्रयोग नगर्न आफूले बल्लबल्ल सहमत गराएका थिए। अन्यथा त्यसबाट देशभर हुने विरोध प्रदर्शन दबाउन सेना परिचालन गर्न मिल्थ्यो। यो एउटा त्यस्तो सीमा हो, जसले गर्दा सेनाले राष्ट्रपतिको आदेश अस्वीकार गर्न नसक्ने अवस्था आउने अमेरिकी सेनाका धेरै अधिकारीको भनाइ छ।

    सेनाले आफ्नो कुरा अस्वीकार गरेपछि ट्रम्पले विरोध प्रदर्शन दबाउन नेसनल गार्ड अर्थात् गृह मन्त्रालय मातहत रहने गैरसैन्य टुकडी प्रयोग गरेका थिए। यसैले कतिपय अमेरिकी विज्ञलाई शंका छ कि ट्रम्पले यो अवस्थामा यही टुकुडी प्रयोग गर्न सक्छन्। तर सेनाले साथ दिएन भने उनले कुनै अभूतपूर्व अवस्था सिर्जना गर्न सक्दैनन्।

    हिंसा भड्किने हो कि ?

    प्राध्यापक रसेडिल हिंसा हुने सम्भावना देख्छन्। उनी भन्छन्, ‘मैले पहिले लेखेको थिएँ कि ट्रम्पले कार्यकारी आदेश प्रयोग गर्ने प्रयास गर्न सक्छन् र राजनीतिक सहयोगीको नियन्त्रणमा रहेको न्याय विभागलाई यो आदेश जारी गराउन कार्यकारी शाखालाई यो चुनाव विवादित छ र मलाई विजयी घोषित गर भन्न लगाउन।’

    तर यो एकदमै गलत र लागू गर्न लायक आदेश नहुने उनको चेतावनी छ। जनवरी २० तारिखपछि अर्थात् आफ्नो कार्यकाल सकिएपछि पनि ट्रम्पले सेनाले आफूलाई सलामी दिइरहुन् भन्ने आदेश जारी गराउन सक्ने सम्भावना पनि उनी देख्छन्।

    उनी भन्छन्, ‘ट्रम्पको भाषणले विरोध र हिंसाको सम्भावना बढाइदिएको छ।’


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार