भारतमा जन्ती बोकेको जीप दुर्घटनाः ६ बालबालिकासहित १४ जनाको मृत्यु
एजेन्सी- भारतको उत्तर प्रदेशको प्रतापगढ जिल्लामा बिहीबार राति सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना बालबालिका पनि रहेका छन् ।
प्रहरीले चालकलाई निद्रा लागेपछि दुर्घटना भएको अनुमान गरेको छ । रोकिरहेको ट्रकमा जीप ठोक्किँदा पूर्णरुपमा क्षति भएको छ । प्रहरीका अनुसार ढोका काटेर शव निकालिएको छ ।
दैनिक भास्करका अनुसार मृत्यु हुनेमा १२ जना कुन्डा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् भने ड्राइभर र एक बच्चा भने छिमेकी गाउँका हुन् । उनीहरु नवाबगंज थाना इलाकाको शेहपुरा गाउँमा जन्त गएका थिए ।
जीप ट्रकसँग ठोक्किएको शक्तिशाली आवाज सुनेपछि स्थानीयहरु घटनास्थलमा पुगेका थिए ।
दुर्घटनाप्रति मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । उनले सरकारी अधिकारीहरुलाई घटनास्थलमा पुग्न र पीडित परिवारलाई सम्भव भएजति सहयोग गर्न निर्देश दिएका छन् ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस