• जीवनशैली | Jiwanshaili
  • अफगानिस्तानको हास्का मिना ‘विधवाहरूको उपत्यका’


    एजेन्सी- अफगानिस्तानको हास्का मिना श्रीमान् गुमाएका महिलाहरूको गाउँ हो। एक वर्षअघि एउटा मस्जिदमा भएको घातक हमलामा कम्तीमा ६४ जना मारिएका थिए। उक्त हमला पश्चात् यस स्थानका बासिन्दाहरू अझै पनि स्तब्ध छन्।

    बीबीसीका अनुसार शुक्रवारको प्रार्थनाको क्रममा भएको हमलामा कुनै घरका सबै पुरुषको ज्यान गएको थियो।

    अफगानिस्तानको यो गाउँ विधवाहरुको उपत्यका भनेर चिनिन्छ। गत वर्ष एउटा आत्मघाती हमलामा यहाँका ६४ जना मारिएपछि यस गाउँले यो उपनाम पाएको हो।

    सो हमलाले कम्तीमा ३४ जना महिला विधवा भएका थिए। हमलामा मारिने सबै पुरुष रहेको बताइएको छ।

    कहिलेकाहीं मात्र शव आइपुग्ने यहाँको चिहान एकैदिनमा भरिएको थियो।

    विधवा मध्येकी एक हुन्, तोर्पिकाइ जो हरेक दिन उक्त आत्मघाती हमलामा मारिएका आफ्ना श्रीमानको चिहानमा पुग्छिन्। ‘एक वर्ष बित्यो हामी प्रत्येक दिन दुःखी छौं, आज शुक्रबार हो र म यहाँ छु, म अझैं पनि त्यो कठिन दिन सम्झन्छु। आज पनि ठिक छ।’ भन्दै चिहान अगाडी रुने गर्छिन्।

    आत्मघाती हमलामा लगभग प्रत्येक परिवारले एक नातेदार गुमाएको थियो। उक्त हमला हुँदा उनीहरु शुक्रबारको प्रार्थना गर्न गएका थिए।

    श्रीमान गुमाएकी तोर्पिकाइ भन्छिन्, ‘जसले पनि हामी माथि त्यस्तो क्रुर काम गरेको छ। त्यसले अस्विकार गरिरहेको छ। अहिले मेरा सबै बालबच्चामा मनोसमस्या देखिएको छ।’

    अहिलेसम्म पनि त्यो हमलाका लागि कसैले जिम्मेवारी लिएको छैन तर यो प्रान्त इस्लामिक स्टेटको बलियो पकड भएको क्षेत्र हो।

    यहाँ विवाह त हुन्छन्, तर त्यहाँ कुनै नाचगान वा संगित वा हाँसो हुँदैन। घर र परम्परा जोगाइ दिनका लागि यहाँका कलिला पुरुषहरुले आफ्नै दाजुको श्रीमतीसँग विवाह गर्न बाध्य हुन्छन्।

    अनारगोलको जेठो दाजु श्रीमती एक्लै हुने गरि सो हमलामा मारिए। परम्परा अनुसार दाजुको श्रीमतीलाई सुरक्षा दिनका लागि उनले भाउजुसँग विवाह गर्दैछन्।

    अनरगोलले भने, ‘धेरै युवाहरु परिवर्तन भए। उनीहरु आजकाल समूहमा घुलमिल गर्दैनन्। यो गाउँमा खुसी बाँकी नै छैन। यदि बाँचेका भए आज मेरो दाजुको विवाहको दिन हो। अब यो मेरो विवाह बनेको छ। हामी धेरै दुःखी छौं।’

    हमलाको एक वर्षपछि पनि यो गाउँका मानिसहरु स्तब्ध र आघातमा छन्। अहिले हेर्ने हो भने अफगानिस्तानमा हिंसाका घटना बढेका छन्।

    तालिवानसँगको शान्ति वार्ता भएपनि अहिलेसम्म यो संहर्षको अन्त्य हुने छाँट भने देखिएको छैन।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार