कोरोना महामारीबीच पश्चिमी अफ्रिकामा देखियो अनौठो रोग
एकातर्फ विश्वभरमा कोरोना भाइरसको दोस्रो लहर आशंका गरिएको छ भने त्यहीं एउटा नयाँ रोगको बारेमा सुन्नमा आएको छ। पश्चिमी अफ्रिकाको एउटा क्षेत्रमा ५ सयभन्दा बढी माछा मार्ने व्यक्तिहरुमा एउटा अनौठो रोग लागेको पाइएको छ। जसका कारण उक्त रोगलाई लिएर धेरै मानिसमा डरको माहोल सिर्जना भएको छ।
पश्चिमी अफ्रिकामा तीव्र गतिले उक्त रोग फैलिरहेको छ। सञ्चारमाध्यमका अनुसार पश्चिमी अफ्रिकाको सेनेगलको डकार इोत्रमा माछा मार्ने व्यक्तिहरुमा एउटा अनौठो खालको छालाको रोग देखा परेको हो। यसपछि ५०० भन्दा बढी माछा मार्ने व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको छ।
यो रोगको पहिलो केस १२ नोभेम्बरमा सामने आएको थियो। जब २० वर्षीय माछा मार्ने युवकको शरीरमा जलन र चिलाउने समस्या लिएर अस्पताल पुगेका थिए। त्यो बेला स्वास्थ्य अधिकारिहरुले उक्त रोगबारे चाल पाउन सकेनन्। तर, अब यहीं रोगले माछा मार्ने पेसा अंगालेका धेरै मानिसहरुलाई संक्रमित बनाइसकेको छ।
हाल चिकित्सकहरुले संक्रमित बिरामीहरुको हेरचाह र हरेक दिन चेकजाँच गरिहेका छन्। ताकि यो रोगबाट अन्य दोस्रो व्यक्ति पनि संक्रमित नहुन भनेर। वैज्ञानिकहरु यस रहस्मयी रोगको बारेमा जान्नका लागि अध्ययन अनुसन्धान गरिरहेका छन्।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस