किन गरिन्छ भगवान विष्णुको तुलसीसँग विवाह ?
कार्तिक महिनाको शुक्ल पक्षमा एकादशीका दिन तुलसी विवाह अर्थात् हरिबोधनी, ठूलीएकादशी वा तुलसी विवाह मनाउने गरिन्छ। हिन्दू धर्ममा यसलाई एकदमै महत्वपूर्ण मानिन्छ। यो एउटा मांगलिक र आध्यात्मिक पर्व हो। यस शुभ दिनमा भगवान विष्णुको विवाह तुलसीसँग गराइन्छ।
किन गरिन्छ तुलसी विवाह ?
भगवान विष्णुलाई तुलसी असाध्यै प्रिय लाग्छ। भनिन्छ भगवान विष्णु ४ महिनापछि मात्र निद्राबाट उठ्छन्। उठेसँगै उनले माता तुलसी अर्थात् वृन्दाको प्रार्थना नै सबैभन्दा पहिले सुन्ने गर्छन्। यसकारण यस दिन तुलसीसँग उनको बिहे गराइन्छ।
श्रीहरि र तुलसी बिहेको कथा
पौराणिक कथाहरुका अनुसार, राक्षस कन्या तुसली अर्थात् वृन्दा भगवान विष्णुको परम भक्त थिइन्। उनको बिहे पकाक्रमी असुर जलान्धरसँग भएको थियो। वृन्दा पतिव्रता स्त्री भएका कारण जलान्धर अजेय भयो र उसले देवलोकमा आतंक मच्चाउन थाल्यो। तब सबै देवताहरु भगवान विष्णुको शरणमा गए र सहयोगको लागि गुहार लगाए। सबै देवताको गुहार सुँदै भगवान विष्णुले जलान्धरको रूप धारण गरि वृन्दाको पतिव्रत धर्मलाई नष्ट गरिदिए। यसपछि जलान्धरले आफ्नो शक्ति गुमाए र उनी युद्धमा मारिए।
आफूलाई भगवान विष्णुले छल गरेको देखेर वृन्दाले भनिन्, मैले तपाईको साचो र पवित्र मनदेखि नै आराधना गरे तर तपाईले नै मसँग यस्तो कुकर्म गर्नु भयो। वृन्दाले भगवान विष्णुलाई पथ्थर रुप धारण गरि बस्नु पर्ने श्राप दिइन्। वृन्दाको यहीं श्रापका कारण भगवान विष्णु पत्थर बने र पृथ्वीको सन्तुलन बिग्रन लाग्यो। तब सबै देवताहरुले देवी वृन्दासँग श्राप फिर्ता लिन बिन्ती गरे र देवीले पनि आफ्नो श्राप फिर्ता लिइन्।
तर भगवान विष्णु आफूले गरेको छलका कारण लज्जित थिए। यसैले उनले आफ्नो एउटा रूप पत्थरमा समाहित गरे जसलाई शालिग्राम भनिन्छ। भगवान विष्णुलाई श्रापमुक्त बनाउनका लागि देवी वृन्दा जलान्धरको पार्थिव शरीरसँगै सती गइन् र उनको खरानीबाट एउटा बोट उम्रियो। भगवान विष्णुले त्यो बोटलाई तुलसीको नाम दिए र वरदान दिँदै भने म कुनै पनि प्रसाद तुलसीको बिना ग्रहण गर्दिन। मेरो शालिग्राम रूपको बिहे तुलसीसँगै हुन्छ। यहि दिनदेखि हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन तुलसी-श्रीहरि विवाह गरिँदै आइएको हो।
मंगलाष्टकबाट गर्नुस् तुलसी विवाह
सबै हिन्दू परम्पराबाहेक तुलसी विवाह गर्दा मंगलाष्टक मन्त्रहरुको पनि उच्चारण गर्नुहोस्। भनिन्छ यसले वातावरण शुद्ध, मंगलमय व सकारात्मक बनाउँछ। जसको घरमा छोरी हुँदैनन् उनीहरु तुलसी विवाह गरेर कन्यादानको पुण्य प्राप्त गर्न सक्छन्। तुलसीको विवाह भने हिन्दू परम्परा अनुसार नै हुने गर्छ।
क्याटेगोरी : चाडपर्व विशेष, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस