• जीवनशैली | Jiwanshaili
  • १२ वर्ष यताकै तीव्र गतिमा विनाश हुँदै अमेजनको जंगल


    ब्राजिलको अमेजनको जंगलमा सन् २००८ यताकै सबैभन्दा तीव्र गतिमा वन फँडानी भइरहेको बताएको छ । अगस्त २०१९ देखि जुलाई २०२० सम्म कूल ११ हजार ८८ वर्ग किलोमिटर वन क्षेत्र नष्ट गरिएको थियो । यो गत वर्षको तुलनामा ९.५ प्रतिशतले बढी हो ।

    अमेजनलाई विश्वको महत्त्वपूर्ण कार्बन स्टोर मानिन्छ जसले जलवायु परिवर्तन र विश्वको तापक्रम बढ्नबाट रोक्न मद्दत गर्दछ । वैज्ञानिकहरुका अनुसार सन् २०१९ को जनवरीमा जेयर बोल्सोनारोले राष्ट्रपतिको कार्यभार सम्हालेपछि तीव्र गतिमा वन फँडानी भइरहेको छ । सन् २०१८ मा ७ हजार ५३६ वर्ग किलोमिटर क्षेत्र वन क्षेत्र नष्ट गरिएको थियो ।

    यसअघि, ब्राजिलले वन फँडानीको दरलाई सन् २०२० सम्म ३ हजार ९०० वर्ग किलोमिटरमा झार्ने लक्ष्य दिएको थियो । तर, बोल्सोनारोले भने वन फँडानीलाई प्रोत्साहित गर्दै वातवरणीय कानुनहरु लागू गर्ने सरकारी संस्थाको बजेट कटौति गरेका छन् । उनले वन फँडानीको तथ्यांक प्रस्तुत गर्ने संस्था ईन्पेको आलोचना गरेका छन् । यस संस्था देशको छवि धुमिल पार्ने काम गरेको उनको भनाइ छ ।

    गत वर्ष त्यहाँ प्रत्येक एक मिनेटमा एउटा फुटबल मैदान जत्रो भूभाग खाली गराइएको पाइएको उनले बताए। यो रफ्तार अहिले झनै बढेको बताइन्छ।

    शुकम्यान भन्छन् बोल्सोनारु विकासको वाचा गर्दै निर्वाचित भएका थिए। उनी खानी तथा कृषिको प्रबर्धनमा केन्द्रित छन्।

    तर वातावरण वैज्ञानिकहरू भन्छन् त्यहाँ रहेका अर्बौँ रुखहरूले ठूलो मात्रामा कार्बन भण्डारण गरेका छन् जसको अभावमा विश्वव्यापी तापक्रम वृद्धि अझै तेज हुन सक्छ।

    एमेजनमा ३० लाखभन्दा बढी प्रकारका वनस्पति र जनवारहरु पाइन्छ भने १० लाखभन्दा आदिवासीहरु बस्दछन् । बीबीसी


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस